वीरगन्ज :

साउथ जोन माविले विपद् राहत कोषमा सहयोग गर्ने

श्रेणी : अर्थ

2 hours
Pradeep Sah
2.2kViews
1821 Shares

वीरगन्ज,१६ भदौ । वीरगन्ज महानगरपालिका–१३ राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकका लागि राहत सहयोग गर्ने भएको छ।

विद्यालय सञ्चालकका तर्फबाट सहयोग गर्नुका साथै शिक्षक तथा कर्मचारीको एक दिनको पारिश्रमिक बराबरको रकम राहतका लागि उपलब्ध गराउने निर्णय गरिएको प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले जानकारी दिए।

विद्यालयले विद्यार्थी र अभिभावकबाट समेत स्वेच्छिक रूपमा सहयोग रकम संकलन गर्ने जनाएको छ। विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीबाट संकलित रकममा विद्यालयले थप रकमसमेत योगदान गरी एकमुष्ठ रूपमा प्याब्सन पर्साको खातामा जम्मा गरिने चौधरीले बताए।

संकलित रकम एकद्वार प्रणालीमार्फत प्याब्सनको केन्द्रीय कार्यालय हुँदै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने उनले जानकारी दिए।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत पुर्‍याउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै अध्यक्ष चौधरीले प्याब्सन पर्सासँग आबद्ध सबै सदस्य विद्यालयलाई समेत आ–आफ्नो तर्फबाट सहयोग संकलन गरी प्याब्सन पर्साको खातामा जम्मा गर्न आग्रह गरेका छन्।

साउथ जोन माध्यमिक विद्यालयले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको सहभागितामा राहत रकम संकलन गरी विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने अभियानमा योगदान गर्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *