काठमाडौं,१६ भदौ । लायन्स क्लब अफ ड्रिम्सका चार्टर प्रेसिडेन्ट भुवन भण्डारीले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेका हुन्।
यसैगरी, उनले बाढीपीडित किरणमान अधिकारीलाई व्यक्तिगत रूपमा थप ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। विपद्का बेला प्रभावित नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको भण्डारीले बताए।
सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ ड्रिम्सले विभिन्न मानवीय गतिविधि गर्दै आएको छ। क्लबका अनुसार गत वर्ष मात्रै १२ वटा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। अन्य संघसंस्थासँगको सहकार्यमा क्लबले कुल २५ वटा रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको जनाएको छ।
क्लबले चालु वर्षमा पनि रक्तदानलगायत विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया