वीरगन्ज :

अस्पतालबाट नवजात शिशु अनधिकृत रूपमा आफूसँग लैजाने महिला पक्राउ

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.2kViews
1626 Shares

बीरगन्ज,१६ भदाै । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशुलाई अनधिकृत रूपमा आफूसँगै लिएर हिँडेकी एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वीरगन्ज महानगरपालिका–१६ बस्ने आसमहम्मदकी पत्नी २७ वर्षीया सबिना खातुनलाई सोमबार दिउँसो १ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार खातुनले सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वा बस्ने रन्जय दासकी पत्नी २७ वर्षीया रिंकु देवीले शनिबार राति ११ बजे वीरगन्जस्थित नारायणी अस्पतालमा शल्यक्रियामार्फत जन्माएकी नवजात शिशु (बालक) लाई आफूसँगै लिएर गएकी थिइन् ।

प्रहरीका अनुसार नवजात शिशु जन्मिएपछि खातुनले रिंकु देवीको सुत्केरी कुरुवा बसेकी आफन्त महिलासँग बच्चा खेलाउने बहाना बनाई अनधिकृत रूपमा आफूसँगै लगेकी थिइन् । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले खोजी थालेको थियो । प्रहरी टोलीले चोरी भएको नवजात शिशुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले नवजात शिशुलाई अनधिकृत रूपमा आफूसँगै लैजानुको कारण तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *