वीरगन्ज :

सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद, एक जना पक्राउ

श्रेणी : अपराध

7 hours
Pradeep Sah
1.6kViews
1261 Shares

सप्तरी,२४ साउन । सप्तरीमा प्रहरीले ३ सय २ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–८ जोगिनियास्थित कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा लगाइएको पटुवा खेतबाट शनिबार १२ बोरा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त खेत भारतीय नागरिक नन्दकिशोर मुखियाले लगाएका थिए । बरामद गाँजा हनुमाननगर कंकालिनी नगरपालिका–७ मुखियाटोलका करिब ५३ वर्षीय माधुरी मुखियाको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई पक्राउ गरिएको हो ।

बरामद गाँजाको तौल गर्दा ३०२ किलो ४८० ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मुखियालाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजाको ओसारपसार तथा कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता भए–नभएको विषयमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *