काठमाडौं,७ साउन । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमस्थल बाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध केही युवाले प्रदर्शन गरेका छन्।
शिक्षामन्त्री सहभागी हुने कार्यक्रमस्थल बाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वार्षिक दिवस समारोहमा सहभागी हुन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गर्दै युवाहरूले नाराबाजी गरेका हुन्। प्रदर्शनकारीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था हटाउन तथा विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मागसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रतिक्रिया