वीरगन्ज :

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ७ जना पक्राउ

श्रेणी : अपराध

3 hours
Pradeep Sah
3.0kViews
1386 Shares

बीरगन्ज,०७ असार । वैदेशिक रोजगारीका लागि आकर्षक देशहरूमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले फरक–फरक मिति र स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सन्तोष अधिकारी, हेमन्त केसी, सुकदेव राई, मनिष पोदार, रामरतन मिश्र, अमृत अधिकारी र मिर इसलामाना रहेका छन्। उनीहरू हाल काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार आरोपितहरूले ग्रीस, क्रोएसिया, सर्बिया, बेलायत, युएई र अजरबैजानलगायत देशमा पठाइदिने भन्दै पीडितहरूबाट ठूलो रकम असुलेर सम्पर्कविहीन भएका थिए। उनीहरूले विभिन्न व्यक्तिबाट कुल मिलाएर लाखौँ रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

प्रहरीले क्रमशः बुधबारदेखि शुक्रबारसम्म उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको जनाइएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *