वीरगन्ज :

हत्या काण्डमा अदालतको कठोर फैसला, संखुवासभा कारागार प्रकरण टुंगियो

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.7kViews
1453 Shares

संखुवासभा,०२ असार । जिल्ला कारागारभित्र दुई कैदीको हत्या भएको घटनामा अदालतले १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ, जसमा ७ जना प्रहरीसमेत रहेका छन्।

संखुवासभा स्थित खाँदबारी जिल्ला कारागारभित्र भएको उक्त घटनामा कैदी र सुरक्षाकर्मीहरूको सामूहिक कुटपिटका कारण दुई कैदीको मृत्यु भएको ठहर गर्दै अदालतले कडा सजाय सुनाएको हो।

संखुवासभा जिल्ला अदालत का स्रेस्तेदार उज्ज्वल न्यौपानेका अनुसार घटनामा संलग्न देखिएका सुरक्षाकर्मी र कैदीबन्दीहरूलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरिएको हो।

घटना २०८० साउन २४ मा भएको थियो। सो दिन मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्ने प्रयास गरेको आरोपमा नियन्त्रणमा लिइएका थिए।

अनुसन्धानका क्रममा उनीहरूलाई सुरक्षाकर्मीहरूले प्रारम्भिक रूपमा कुटपिट गरेको र त्यसपछि केही कैदीहरूले समेत सामूहिक आक्रमण गर्दा गम्भीर घाइते भई दुवै जनाको मृत्यु भएको निष्कर्ष अदालतले निकालेको हो।

कारागारभित्र सुरक्षाको जिम्मेवारीमा रहेका प्रहरीसमेत घटनामा संलग्न देखिएपछि यो मुद्दा गम्भीर मानवअधिकार उल्लङ्घनको रूपमा चर्चामा आएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *