वीरगन्ज :

रौतहटमा ५ किलो ५५ ग्राम गाँजासहित दुई युवक पक्राउ

श्रेणी : BANNER

11 hours
Pradeep Sah
1.7kViews
1194 Shares

रौतहट,०१ असार । रौतहट प्रहरीले करिब साढे पाँच किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको निगरानी तथा जाँचका क्रममा उनीहरू लागुऔषधसहित नियन्त्रणमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष टोलीले गौर नगरपालिका–४ गढवा क्षेत्रमा मोटरसाइकलमा सवार दुई युवालाई शंकास्पद अवस्थामा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट ५ किलो ५५ ग्राम गाँजा बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा गौर नगरपालिका–४ का २६ वर्षीय राकेश कुमार कुशवाहा र २४ वर्षीय सुनिल कुमार बैठा रहेका छन्। उनीहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा यात्रा गरिरहेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतम का अनुसार घटनास्थलबाट गाँजासहित एक थान मोबाइल फोन र प्रयोग गरिएको मोटरसाइकल पनि बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यसका लागि रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति समेत लिइएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताउँदै लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ कडा बनाइएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *