वीरगन्ज :

नेप्से ९.२४ अंकले घट्यो

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
2.8kViews
1422 Shares

काठमाडौं,१२ जेठ । अघिल्लो दिन २७ अंक बढेको सेयर बजार मंगलबार ९.२४ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७७ अंकमा झरेको छ ।
परिसूचक मात्रै नभई कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८५ करोडको भयो ।

६९ कम्पनीको मूल्य बढेको छ भने १९० को घटेको छ । त्यस्तै ११ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । निर्जीवन बीमा समूह ०.३५ प्रतिशत बढ्यो ।

बैंकिङ ०.२४, विकास बैंक ०.४८, फाइनान्स ०.४४, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.३८, लगानी ०.६९, जीवन बीमा ०.५३, उत्पादन तथा प्रशोधन ०.४७, माइक्रोफाइनान्स ०.५६, अन्य ०.०६ तथा व्यापार ०.१२ प्रतिशत घटे ।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशत बढ्यो । दोस्रोमा रहेको कुथेली बुखरी स्मल हाइड्रोपावरको ६.००, त्रिशूली जलविद्युत कम्पनीको ५.८६, सिर्जनशील लघुवित्तको ५.६५, नेपाल रिपब्लिक मिडियाको ५.२४ प्रतिशत मूल्य बढ्यो ।

सुपर खुदी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ३.१४, आत्मनिर्भर लघुवित्तको २.४५ तथा एनआईसी एसिया बैंकको मूल्य २.४४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीम आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, साहस ऊर्जा, ङादी पावर र अपी पावर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *