वीरगन्ज :

पर्सामा डेढ करोड बराबरका सुनचाँदीका गहना चोरी

श्रेणी : BANNER

2 months
Pradeep Sah
3.0kViews
1572 Shares

विश्रामपुरका नन्दकिशोर पटेल, नन्दलाल पटेल, बिरजेश पटेल र राजकिशोर पटेलको घरबाट मंगलबारराति करिब २८ तोला सुन तथा डेढ किलोभन्दा बढी चाँदीका गरगहना चोरी भएको पीडित परिवारहरुले बताएका छन् ।

घरमा प्लास्टरको काम भइरहेकाले चारै जना दाजुभाइका गरगहना एउटै स्थानमा राखिएको थियो । गहना राखिएको दराज भुइँतल्लामा थियो । परिवारका सदस्यहरु भने राति माथिल्लो तलामा सुतेका थिए ।

पीडित नन्दकिशोर पटेलका अनुसार चोरहरूले चोरी गर्नुअघि कोठाको ढोकामा बाहिरबाट चुकुल लगाएका थिए । बुधबार बिहान करिब ३ बजे उठेर बाहिर निस्कन खोज्दा ढोका बाहिरबाट बन्द रहेको थाहा पाएपछि उनले आफ्नै घरमा सुतेका भाइ नन्दलाल पटेललाई फोन गरेर बोलाएका थिए । त्यसपछि ढोका खोल्दा घरमा राखिएका सुनचाँदीका गहना चोरी भएको खुलेको उनले बताए ।

घटनाबारे जानकारी पाएलगत्तै घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।पीडित परिवारले चोरीमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *