वीरगन्ज :

पर्सामा लागुऔषधविरुद्ध प्रहरीको महाअभियान, हेरोइनसहित ८ जना पक्राउ

श्रेणी : BANNER

9 hours
Pradeep Sah
2.2kViews
1604 Shares

वीरगंज (पर्सा), २७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ अन्तर्गत विभिन्न प्रकारका लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार वैशाख २५ गते साँझ वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट चेकपोष्टमा भारतबाट नेपालतर्फ आउने पैदलयात्री तथा सवारी साधनमाथि विशेष जाँच अभियान सञ्चालन गरिएको थियो । सोही क्रममा प्रहरीले खैरो हेरोइन, सेतो हेरोइन तथा प्रतिबन्धित ट्याब्लेट बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा विकास कुमार साह, कबिन पराजुली, सागर घिमिरे, पूजा जिम्बा, अन्जन थापा, रमेश बम्जन, राजु बानिया तथा अलिहदन मियाँ रहेका छन् ।

प्रहरीका अनुसार विकास कुमार साह र कबिन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो । अन्य पक्राउ परेकाहरूबाट समेत विभिन्न परिमाणमा लागुऔषध फेला परेको जनाइएको छ । घटनास्थलबाट म.प्र.०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूको ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *