वीरगन्ज :

वीरगंजको विद्या सदन विद्यालयमा ईसिडी अभिमुखीकरण कार्यक्रम

श्रेणी : मधेस

9 hours
Pradeep Sah
2.4kViews
1023 Shares

वीरगंज (पर्सा), २७ वैशाख । वीरगंज महानगरपालिका–१२, मुर्लीस्थित विद्या सदन माध्यमिक विद्यालयमा एकदिने प्रारम्भिक बालविकास (ईसिडी) अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । अभ्यास नेपाल शैक्षिक प्रतिष्ठान प्रा. लि.को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयको प्रि–प्राइमरी तहमा अध्यापनरत शिक्षक–शिक्षिकाहरूको सक्रिय र उत्साहपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रारम्भिक बालविकास शिक्षाको महत्व, बालमैत्री शिक्षण पद्धति, सिर्जनात्मक कक्षाकोठा व्यवस्थापन, प्रभावकारी शिक्षण–सिकाइ प्रक्रिया तथा बालबालिकाको समग्र विकाससँग सम्बन्धित विभिन्न पक्षहरूबारे विस्तृत रूपमा अभिमुखीकरण प्रदान गरिएको थियो । तालिमका क्रममा सहभागी शिक्षक–शिक्षिकाहरू अत्यन्त उत्साहित देखिएका थिए । उनीहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले आफ्नो शिक्षण सीप, आत्मविश्वास तथा पेशागत दक्षता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

विद्यालय प्रशासनले प्रारम्भिक तहको शिक्षा बालबालिकाको भविष्य निर्माणको आधार भएकाले यस तहका शिक्षकहरूको क्षमता विकासलाई विशेष प्राथमिकतामा राखिएको स्पष्ट गरेको छ । साथै, यस्ता प्रशिक्षणले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी र बालमैत्री बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *