वीरगन्ज :

लामो प्रतीक्षापछि लहान नगरपालिकाको खाता सञ्चालनमा, सेवा प्रवाहमा राहत

श्रेणी : अर्थ

19 hours
Pradeep Sah
2.8kViews
1851 Shares

सिरहा,२७ चैत । लहान नगरपालिका को विगत चार महिनादेखि रोक्का रहेको बैंक खाता अन्ततः खुला गरिएको छ। बिहीबारदेखि खाता सञ्चालनमा आएसँगै रोकिएका भुक्तानी तथा प्रशासनिक कामहरू पुनः सुरु हुने भएका छन्।

खाता रोक्का हुँदा नगरपालिकाका कर्मचारी र शिक्षकहरूले लामो समयसम्म तलब पाउन सकेका थिएनन्। साथै सामाजिक सुरक्षा भत्ता, विद्यालयका पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा तथा विद्यालय व्यवस्थापन अनुदानसमेत रोकिँदा शैक्षिक क्षेत्र गम्भीर रूपमा प्रभावित भएको थियो।

खाता रोक्का हुनुको मुख्य कारण प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा को सरुवासम्बन्धी विवाद रहेको थियो। सरुवाको विषयमा उत्पन्न कानुनी विवादका कारण खाता सञ्चालन अवरुद्ध भएको थियो।

अदालतले सरुवालाई यथास्थितिमा राख्न आदेश दिएपछि हाललाई जयकान्त झा नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा कायम रहने गरी खाता फुकुवा गरिएको हो।

खाता सञ्चालनमा आएसँगै अब रोकिएको तलब, भत्ता तथा विकास निर्माणसम्बन्धी भुक्तानी प्रक्रिया अघि बढ्ने नगरपालिकाले जनाएको छ। नगरप्रमुखले लामो समयदेखिको अवरोध अन्त्य भएसँगै सेवा प्रवाहलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *