वीरगन्ज :

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

श्रेणी : अर्थ

2 days
Pradeep Sah
2.7kViews
1532 Shares

काठमाडौं,२४ चैत । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नर पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।

संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार अर्थ मन्त्रालयको सिफारिसका आधारमा उनलाई उक्त पदमा नियुक्त गरिएको हो।

२०६२ सालदेखि राष्ट्र बैंक सेवामा कार्यरत पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा वित्तीय समावेशिता र ग्राहक संरक्षण महाशाखालगायतका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

उनको नियुक्तिसँगै राष्ट्र बैंकको उच्च व्यवस्थापनमा नयाँ नेतृत्व थपिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *