वीरगन्ज :

काठमाडौंमा चिसो न्यूनतम तापक्रम ह्वात्तै घटेर ४.५ डिग्रीमा

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
3.2kViews
1650 Shares

काठमाडौं,११ पुस । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेर बिहीबार बिहान ४.५ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारको तुलनामा बिहीबार तापक्रममा ३ डिग्रीको गिरावट आएको हो।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार आकाशमा बादल भएकाले तापक्रम स्थिर रहेको थियो, तर आज आकाश खुला भएपछि चिसो बढेको छ।

पुस महिना स्वभाविक रूपमा वर्षको सबैभन्दा चिसो महिना हुने मौसमविद्हरू बताउँछन्। काठमाडौंमा मंगलबारको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेकोमा अहिले थप गिरावट देखिएको छ।

भोलि साँझदेखि उपत्यकामा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना रहेको छ। यसले तापक्रममा अझै गिरावट आउन सक्ने अनुमान छ। बिहीबार काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *