काठमाडौँ,२२ चैत । व्यवसायी शंकर अग्रवाल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानपछि रिहा गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले शुक्रबार राति उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। बयान लिने प्रक्रिया पूरा भएपछि उनलाई रिहा गरिएको विभागले जनाएको छ।
विभागका महानिर्देशक गजेन्द्र ठाकुर का अनुसार अग्रवालसँग आवश्यक सोधपुछ सकिएपछि रिहा गर्ने निर्णय गरिएको हो। अग्रवाल चर्चित व्यावसायिक समूह ‘शंकर ग्रुप’का अध्यक्ष हुन्। उक्त प्रकरणमा थप अनुसन्धान भने जारी रहने विभागले जनाएको छ।

प्रतिक्रिया