काठमाडौं,२२ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलन कार्य आजदेखि पुनः सुरु भएको छ।
निर्वाचन आयोग ले यसअघि मंसिर ६ गतेदेखि उक्त प्रक्रिया स्थगित गरेको थियो। तर, चैत १८ गते बसेको बैठकले आजदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अब अनलाइनमार्फत सजिलै आफ्नो नाम दर्ता गर्न सक्नेछन्। राष्ट्रिय परिचयपत्र नभएका नागरिकले भने ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत फारम भरेर फोटो र औँठाछापसहित सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।
यससँगै मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु वा बसाइँसराइका विवरण अद्यावधिक गर्ने सुविधा पनि अनलाइनबाटै उपलब्ध गराइएको छ।
नाम, ठेगाना सच्याउने वा पायक पर्ने मतदान केन्द्रमा नाम सार्ने व्यवस्था समेत मिलाइएको आयोगले जनाएको छ। आयोगले सबै नागरिकलाई सक्रिय रूपमा सहभागिता जनाउन आग्रह गरेको छ।

प्रतिक्रिया