वीरगन्ज :

बीरगन्जमा हिन्दु पत्रकार संघको बैठक सम्पन्न

श्रेणी : मधेस

3 hours
Pradeep Sah
1.8kViews
1523 Shares

बीरगन्ज,१८ । हिन्दु पत्रकार संघ नेपाल को केन्द्रीय समितिको बैठक बुधबार बीरगन्जको ऐतिहासिक माईस्थान मा सम्पन्न भएको छ। संघका केन्द्रीय अध्यक्ष राजन रौनियार को अध्यक्षतामा बसेको बैठकले आगामी हनुमान जयन्तीलाई भव्य रूपमा मनाउने र त्यसका लागि व्यापक प्रचार–प्रसार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका नवनिर्वाचित सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। कार्यक्रममा मठ–मन्दिर, धर्मशाला तथा धार्मिक सम्पदाको अवस्था, संरक्षणमा जनप्रतिनिधिको भूमिका र भविष्यका योजनाबारे छलफल गरिने सचिव राज सराफ ले जानकारी दिए।

संघले धार्मिक पर्यटन प्रवर्द्धनलाई जोड दिँदै स्थानीय तहमा रहेका ओझेलमा परेका धार्मिक तथा ऐतिहासिक स्थलहरूको पहिचान र प्रचारमा सक्रिय हुने प्रतिबद्धता जनाएको छ। बैठकमा उपाध्यक्षहरू, सचिव, कोषाध्यक्ष तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *