वीरगन्ज :

पर्सामा आमाको नामबाट ३३ नागरिकता वितरण

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.3kViews
1211 Shares

बीरगन्ज,०५ चैत । जिल्ला प्रशासन कार्यालय पर्साले फागुन ५ गतेदेखि हालसम्म आमाको नाममा ३३ नागरिकता वितरण गरेको छ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद् स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि बुबाको पहिचान नभएको व्यक्तिहरूलाई आमाको नामबाट नागरिकता प्रदान गर्ने प्रावधान लागू भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार, “नियमावलीको मापदण्ड पूरा गरेका नागरिकलाई आमाको नामबाट नागरिकता दिइरहेका छौँ। यसबाट नागरिकताविहीन भएर आफ्ना अधिकारबाट वञ्चित भएका व्यक्तिहरूलाई ठूलो राहत पुगेको छ।”

वीरगञ्ज–११ का विजयकुमार साहले आमाको नामबाट नागरिकता पाएर प्रशासनिक झन्झटबाट मुक्त भएको अनुभव सुनाए। उनले भने, “नागरिकता बनाउन धेरै वर्ष भौतारिँदै हिँड्नुपर्थ्यो, अब सहज भएको छ।”

वीरगञ्ज–१३ का जुबैर अन्सारीले पनि लामो संघर्षपछि नागरिकता पाएपछि हर्ष व्यक्त गर्दै भने, “नागरिकताविहीन हुनुको पीडा निकै गाह्रो थियो, आमाको नामबाट नागरिकता पाएपछि राहत महसुस भएको छ।”

यस निर्णयले पर्साका नागरिकताविहीन नागरिकलाई आफ्ना अधिकार सुनिश्चित गर्न ठूलो सुविधा पुगेको देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *