वीरगन्ज :

विश्व सिख वातावरण दिवसको अवसरमा वृक्षारोपण

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.7kViews
1462 Shares

वीरगंज (पर्सा), ३० फागुन । विश्व सिख वातावरण दिवसको अवसरमा वीरगंज–४ स्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गुरुनानक सेवा प्रतिष्ठान शोध केन्द्र नेपाल र प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यालय प्रांगण सफा गरी विभिन्न प्रजातिका १०० भन्दा बढी विरुवा रोपिएका छन् ।

रोपिएका विरुवामा निम, गुलमोहर, अम्बा, जामुन, अमला, कागती, पारिजात र इन्द्रकमल लगायतका प्रजातिहरू रहेका छन् । कार्यक्रम प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको अध्यक्षतामा र समाजसेवी देव प्रकाश गर्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा डा. गणेश अग्रवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपेशमान सिंह, प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, शिक्षक र स्थानीय समाजसेवीहरू लगायत दृष्टिबिहिन छात्रावासका छात्रछात्राहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र स्थानीय बासिन्दामा वातावरण संरक्षण र वृक्षारोपणको महत्वबारे चेतना जगाउनु रहेको आयोजकहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *