वीरगन्ज :

मतदाताको मन जित्दै रिमा यादव, पर्सा–२ मा एमालेको जितको आधार बलियो

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.0kViews
1975 Shares

वीरगंज (पर्सा), १४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी माहोल तातेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार रिमा यादव ले घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। उनले पर्सागढी नगरपालिका वडा नम्बर–६ अन्तर्गत पर्ने चैनपुर, बागेश्वरी र तित्रौना टोलमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनसमर्थन जुटाएकी हुन्।
घरदैलोका क्रममा यादवले शिक्षा, स्वास्थ्य सेवा, स्थानीय रोजगारी र सडक तथा भौतिक पूर्वाधारलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सारिन्। उनले राजनीति पद र शक्तिका लागि नभई जनसेवाका लागि हुनुपर्ने उल्लेख गर्दै जनताको आवश्यकता र पीडालाई नजिकबाट बुझेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
अभियानमा एमालेका क्षेत्रीय र जिल्ला तहका नेताहरू, युवा तथा महिला संगठनका प्रतिनिधि, सामाजिक अगुवा र ठूलो संख्यामा पार्टी कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी नेताहरूले पर्सा–२ मा एमालेको आधार बलियो बन्दै गएको दाबी गर्दै यादवको विजय सुनिश्चित गर्न संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए।
घरदैलो टोलीले प्रत्येक घरमा पुगेर स्थानीयवासीका समस्या, गुनासा र सुझाव संकलन गरेको थियो। टोलीले प्राप्त सुझावलाई आगामी दिनमा नीति तथा विकास योजनामा प्राथमिकताका साथ समेटिने आश्वासन दिएको छ। स्थानीय बासिन्दाले पनि विकासमुखी र परिणाममुखी योजनालाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन्।
अभियानपछि आयोजित संक्षिप्त भेलामा वक्ताहरूले पर्सा–२ मा एमालेप्रति जनविश्वास बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा निर्णायक परिणाम आउने विश्वास व्यक्त गरे। उम्मेदवार यादवको घरदैलो कार्यक्रम आगामी दिनहरूमा अन्य वडा तथा बस्तीहरूमा पनि निरन्तर सञ्चालन हुने जानकारी एमाले पर्सा–२ ले दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *