वीरगन्ज :

पर्सा–१ मा प्रदीप यादवको छवि : संकटमा अग्रपंक्ति, विकासमा परिणाम

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.9kViews
1401 Shares

वीरगञ्ज, २९ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले आफूलाई ‘काम गर्ने नेता’का रूपमा स्थापित गरेको दाबी गरिएको छ। पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले सांसदका रूपमा दुई कार्यकाल र मन्त्रीको जिम्मेवारी सम्हाल्दा आफ्नो क्षेत्रमा दर्जनौँ ठूला तथा साना विकास परियोजना कार्यान्वयनमा ल्याएको उनका निकट सहयोगीहरूको भनाइ छ।
स्थानीय तहदेखि संघीय सरकारसम्मको भूमिकामा सक्रिय रहेका यादवले खानेपानी, सडक, नाला, शिक्षा, स्वास्थ्य र विपन्न समुदायका आवासजस्ता आधारभूत पूर्वाधारमा व्यापक लगानी भित्र्याएको दाबी गरिएको छ। उनका स्वकीय सचिव हरेन्द्र साहका अनुसार यादवले पर्सा–१ मा मात्रै पाँच दर्जनभन्दा बढी योजना अघि बढाएका छन्, जसमा केही सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन्।
🔴 भाषणभन्दा कामबाट पहिचान बनाएको दाबी
यादवले राजनीतिक जीवनमा जनताको दैनिक समस्यालाई प्राथमिकतामा राख्दै काम गरेको समर्थकहरूको दाबी छ। साहका अनुसार वीरगञ्जमा खानेपानी अभाव, हैजाजस्ता महामारी र अन्य संकटका बेला यादव प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर राहत र व्यवस्थापनमा जुट्ने गरेका छन्।
वन तथा वातावरण, खानेपानी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हाल्दा समेत आफ्नो निर्वाचन क्षेत्रसँग निरन्तर सम्पर्क कायम राखेको उनको पक्षधरहरूको भनाइ छ। उनीहरूले यादवलाई पर्सामा विकासको आधार तयार पार्ने नेतृत्वका रूपमा प्रस्तुत गरेका छन्।
🔴 वीरगञ्जको दीर्घकालीन खानेपानी समाधानका लागि ठूलो योजना
वीरगञ्जमा गर्मी याममा दोहोरिने खानेपानी संकट समाधानका लागि करिब ४ अर्ब ५० करोड रुपैयाँ लागतको दीर्घकालीन खानेपानी आयोजना अघि बढाइएको बताइएको छ। यो आयोजना सम्पन्न भए नगर क्षेत्रको पानी समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ।
🔴 सडक र पूर्वाधारमा अर्बौँको लगानी
यादवको पहलमा विभिन्न स्थानमा सडक स्तरोन्नति, ढलान र नाला निर्माणका लागि ठूलो बजेट विनियोजन भएको बताइएको छ।
मुख्य परियोजनाहरूमा:
इनर्वादेखि भवानीपुर हुँदै ड्राइपोर्ट सडक स्तरोन्नति – ३ करोड
सोलखपुर क्षेत्र सडक सुधार – ३ करोड
वीरगञ्ज–२२ सडक ढलान – ३ करोड
मनियारी गाउँ पश्चिम सडक तथा नाला निर्माण – ३ करोड
गढीमाई मन्दिर जोड्ने सडक स्तरोन्नति – ३ करोड
वीरगञ्ज–२१ सडक निर्माण – ३ करोड
नेपाल राष्ट्रिय विद्यापीठ मावि भवन निर्माण – ३ करोड
🔴 साना तर प्रभावकारी परियोजनामा पनि प्राथमिकता
ठूला योजनासँगै स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएका साना परियोजनामा पनि बजेट ल्याइएको दाबी गरिएको छ। पिपरा, भिस्वा त्रिशुल चोक, नेशनल ट्रेडिङ क्षेत्र, राधेमाई सडक तथा नयाँ टोल इदगाह परिसर विकासजस्ता योजनाहरूले स्थानीय पूर्वाधार विस्तारमा योगदान पुर्‍याएको बताइएको छ।
त्यसैगरी विभिन्न वडामा १५ लाखदेखि ४० लाखसम्मका दर्जनौँ योजना सडक ढलान, नाला र आधारभूत पूर्वाधार निर्माणमा कार्यान्वयन भएको उल्लेख गरिएको छ।
🔴 धार्मिक तथा पर्यटकीय पूर्वाधारमा पनि लगानी
धार्मिक तथा पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै सूर्य मन्दिर पोखरी सौन्दर्यकरण, सोलखपुर–रामबन सडक स्तरोन्नति तथा अन्य सडक विस्तार योजनामा बजेट विनियोजन गरिएको छ। यी परियोजनाले स्थानीय पर्यटन तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
🔴 संकटका बेला क्षेत्रमा सक्रिय नेतृत्वको दाबी
कोरोना महामारी, हैजा प्रकोप तथा खानेपानी संकटजस्ता आपतकालीन अवस्थामा पनि यादव काठमाडौं केन्द्रित नभई प्रभावित क्षेत्रमा पुगेर काम गरेको उनका समर्थकहरूको भनाइ छ। साहका अनुसार स्थानीय जनताले संकटका बेला उनको सक्रियता प्रत्यक्ष रूपमा अनुभव गरेको दाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *