वीरगन्ज :

रौतहटमा कुल १४३ उम्मेदवारमध्ये १३० पुरुष र केवल १३ महिला उम्मेदवार

श्रेणी : मधेस

3 days
Pradeep Sah
1.7kViews
1105 Shares

रौतहट,०७ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटका चारै निर्वाचन क्षेत्रमा कुल १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारको संख्या धेरै भए पनि महिलाको सहभागिता निकै न्यून देखिएको छ। कुल १४३ उम्मेदवारमध्ये १३० पुरुष र केवल १३ महिला उम्मेदवार रहेका छन्।

क्षेत्र–१ मा ३९, क्षेत्र–२ मा २६, क्षेत्र–३ मा ४१ र क्षेत्र–४ मा ३७ उम्मेदवार दर्ता भएका छन्। अधिकांश क्षेत्रमा दलगत उम्मेदवार पुरुष रहेको देखिएको छ। तुलनात्मक रूपमा क्षेत्र–४ मा स्वतन्त्रतर्फ महिलाको सहभागिता केही बढी छ।

चारै क्षेत्रमा उम्मेदवारको चाप बढेसँगै चुनावी सरगर्मी तातेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *