काठमाडौँ,२८ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन उनले राजीनामा दिन लागेका हुन्।
बालेनको सचिवालयका एक सदस्यका अनुसार राजीनामाको निर्णय लगभग निश्चित भइसकेको छ। “उहाँले माघ ५ गते औपचारिक रूपमा राजीनामा दिने तयारी गर्नुभएको छ,” ती सदस्यले बताए।
राजीनामा दिएपछि बालेन चुनावी तयारीका लागि झापा जाने योजना बनाइरहेका छन्। उनी झापा–५ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा रहेको बुझिएको छ।
बालेनको सम्भावित उम्मेदवारीलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ भने औपचारिक घोषणा भने आउन बाँकी रहेको छ।

प्रतिक्रिया