वीरगन्ज :

वीरगंजमा क्रिकेट उत्सव: पाँच खेलमा शानदार प्रदर्शन, फराकिलो जित दर्ता

श्रेणी : खेलकुद

2 months
Pradeep Sah
2.4kViews
1272 Shares

वीरगंज (पर्सा), ८ पुस । प्याब्सन महानगरको आयोजनामा वीरगंजमा जारी दोस्रो छात्रा तथा जुनियर छात्र क्रिकेट प्रतियोगितामा आज पाँचवटा खेल सम्पन्न भएको छ । छात्रातर्फ भएको खेलमा गुरुकुल एकेडेमी र एसआर ग्यालेक्सी विजयी भएका छन् । गुरुकुल एकेडेमी र सनसाईन एकेडेमीबीच भएको पहिलो छात्रा खेलमा गुरुकुल एकेडेमी ८ रनले विजयी भएको छ ।

त्यस्तै एसआर ग्यालेक्सी र ज्ञानवाटिकामाविबीच भएको खेलमा एसआर ग्यालेक्सी स्कुल विजयी भएको छ । पहिले खेलको प्लेयर अफ द म्याच गुरुकुलकी आग्रदा झा र दोस्रो खेलको प्लेयर अफ द म्याच एसआर ग्यालेक्सीकी रागिनी कुश्वाहा भएकी छिन् । त्यस्तै जुनियर छात्रतर्फ मंगलबार तीनवटा खेल सम्पन्न भएको छ । डल्फिन एकेडेमी र फुर्क्वान एकेडेमीबीच भएको पहिलो खेलमा फुर्क्वान एकेडेमी ६० रनको फराकिलो अन्तरले विजयी भएको छ ।

अल्पाईन स्कुल र एसआर ग्यालेक्सी एकेडेमीबीच भएको दोस्रो खेलमा एसआर ग्यालेक्सी ३ विकेटले विजयी भएको छ । जुनियर छात्रतर्फको तेस्रो खेलमा साउथजोन मावि विजयी भएको छ ।

साउथजोन माविले लिटल एञ्जल्स सेकेण्ड्री स्कुललाई ८१ रनको फराकिलो अन्तरले हराएको हो । तीनवटै खेलको प्लेयर अफ द म्याच फुर्क्वान एकेडेमीका शेख हबिबुल्लाह, एसआर ग्यालेक्सीका रितिक कुश्वाहा र साउथ जोन माविकी शिवानी साह घोषित भएको आयोजक प्याब्सन महानगर सचिव अमित आलोकले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *