वीरगन्ज :

बीरगन्ज नारायणी अस्पतालको एनआईसीयु स्टोरमा आगलागी

श्रेणी : BANNER

11 months
Pradeep Sah
2.6kViews
1091 Shares

बीरगन्ज,३१ भदौ । नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोर कोठामा मंगलबार बिहान आगलागी भएको छ। करिब ४ बजे लागेको आगो अस्पतालको प्रसूति गृह भवनको तेस्रो तल्लामा रहेको स्टोरमा फैलिएको थियो।

अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार आगलागीबाट स्टोरमा रहेका सबै सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने भएको छैन।

अग्नि नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाबाट आएको वारुण यन्त्रको सहयोग लिइएको थियो र आगो समयमै निभाइएको थियो।

डा. सिंहका अनुसार प्रारम्भिक अनुमान अनुसार बिजुलीको तार सर्ट भएर आगो लागेको हुनसक्ने आशंका गरिएको छ। अहिले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *