श्रेणी : BANNER
      2.5kViews
      
      
      1091
      Shares
      
      
बीरगन्ज,३१ भदौ । नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोर कोठामा मंगलबार बिहान आगलागी भएको छ। करिब ४ बजे लागेको आगो अस्पतालको प्रसूति गृह भवनको तेस्रो तल्लामा रहेको स्टोरमा फैलिएको थियो।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार आगलागीबाट स्टोरमा रहेका सबै सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने भएको छैन।
अग्नि नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाबाट आएको वारुण यन्त्रको सहयोग लिइएको थियो र आगो समयमै निभाइएको थियो।
डा. सिंहका अनुसार प्रारम्भिक अनुमान अनुसार बिजुलीको तार सर्ट भएर आगो लागेको हुनसक्ने आशंका गरिएको छ। अहिले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया