श्रेणी : BANNER
2.1kViews
1848
Shares
बीरगन्ज,३० भदौ । जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको विवरण पारदर्शी ढंगले तयार गर्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको छ।
आइतबार आयोजित कार्यालय प्रमुखहरूसँगको छलफलमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले क्षतिको मुचुल्का श्रव्य–दृश्य प्रमाणसहित तयार गर्न आग्रह गरेका हुन्।
उनले भने, “जेनजी आन्दोलनको क्रममा विभिन्न सरकारी भवन र सवारीसाधनमा अपूरणीय क्षति पुगेको छ। त्यसको विवरण तयार पार्दा यथार्थपरक र पारदर्शी बनाउनुपर्छ।”
सुवेदीले थप गर्दै सरकारी कार्यालयहरूले आफ्ना संरचना र सवारीसाधनको सुरक्षामा विशेष सतर्कता अपनाउन पनि आग्रह गरे।

प्रतिक्रिया