वीरगन्ज :

बीरगन्जमा कर्फ्यु खुकुलो, आंशिक रूपमा निषेधाज्ञा कायम

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.7kViews
1199 Shares

बीरगन्ज,२७ भदौ । पर्सा प्रशासनले बीरगन्ज महानगर क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु केही खुकुलो बनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबारदेखि बिहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्र निषेधाज्ञा रहनेछ। तर, बिहान १० देखि बेलुका ५ बजेसम्म र बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्यु यथावत रहनेछ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम महानगरको पूर्व वाईपास रोडदेखि पश्चिम सिर्सिया पुल, उत्तर गण्डकचौकदेखि दक्षिण शङ्कराचार्यगेटसम्म कुनै जुलुस, सभा वा प्रदर्शन गर्न नपाइने जानकारी दिए।

पछिल्लो समय बीरगन्जमा ठूलो विरोध गतिविधि नभए पनि प्रशासनले उच्च सतर्कता कायम गर्दै कर्फ्यु र निषेधाज्ञा निरन्तर जारी राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *