वीरगन्ज :

ठूलो परिमाणको लागूऔषध गाँजासहित एक दम्पती पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.6kViews
1553 Shares

सर्लाही,०६ भदौ । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ बाट प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४५ वर्षीय रूपेश साह र उनकी पत्नी ३५ वर्षीया प्रतिमा कुमारी साह रहेका छन्। प्रहरीका अनुसार, भदौ ५ गते दिउँसो करिब ४ बजे प्राप्त गोप्य सूचनाको आधारमा उनीहरूको घरमा छापा मारिएको थियो।

कारबाहीमा हरिपुर्वा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शेख हफ्जुल्लाहको नेतृत्वमा चार जनाको टोली, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्कीको नेतृत्वमा ११ जना, र केशरगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा ११ जनाको टोली खटाइएको थियो।

संयुक्त टोलीले साह दम्पतीको पक्की घरको छतमा लुकाइराखेको २० किलो ३४० ग्राम गाँजा बरामद गरेको हो। बरामद गरिएको गाँजा र पक्राउ परेका दम्पतीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *