वीरगन्ज :

उपेन्द्र यादवको समर्थनमा जसपाको वीरगन्जमा प्रदर्शन

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.4kViews
1828 Shares

वीरगन्ज,०५ भदौ । सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल आन्दोलित भएको छ। अदालतको यो कदमलाई राजनीतिक प्रतिशोध र मधेश आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र भन्दै जसपाका कार्यकर्ताहरूले आज वीरगन्जको घण्टाघरमा प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा पार्टीका कार्यकर्ताहरूले विभिन्न नाराबाजी गर्दै अदालतको फैसलाको विरोध गरे। उनीहरूले सर्वोच्च अदालतको यो निर्णय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र यसले मधेश आन्दोलनका उपलब्धिहरूलाई समाप्त पार्न खोजेको आरोप लगाए।

जसपाका नेताहरूका अनुसार, यो मुद्दा पुनः उठाउनुको मुख्य उद्देश्य पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक रूपमा कमजोर बनाउनु हो। गौर हत्याकाण्डको छानबिनको मागले पार्टीको उच्च नेतृत्वमाथि सीधा निशाना साँधिएको भन्दै उनीहरूले यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

पार्टीका शीर्ष नेताहरूले अदालतको कदमलाई गम्भीरतापूर्वक लिएका छन् र यसको विरोधमा देशभर आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेका छन्। उनीहरूले मधेश आन्दोलन र यसका नेताहरूको सुरक्षाका लागि सबै पक्षलाई एकजुट हुन आह्वान पनि गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *