वीरगन्ज :

१२५ किलो गाँजासहित युवक पक्राउ

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
2.8kViews
1682 Shares

हेटौंडा,०२ भदौ । मकवानपुर प्रहरीले ठूलो परिमाणको गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–८ निवासी ३१ वर्षीय रामबहादुर तामाङ रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीले बा २१ च ३०८५ नम्बरको पिकअप गाडी रोकेर तलासी गर्दा १२५ किलो गाँजा फेला पारेको हो । गाडीको पछाडिपट्टि ११ वटा प्लास्टिकको बोरामा गाँजा प्याक गरी लुकाइएका थिए ।

गाडीका चालक समेत रहेका तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *