वीरगन्ज :

पर्सामा गाँजासहित एक जना पक्राउ, ३ मोटरसाइकल बरामद

श्रेणी : अपराध

6 hours
Pradeep Sah
1.7kViews
1899 Shares

बीरगन्ज,२४ साउन । पर्सामा प्रहरीले ३९ किलो २५० ग्राम गाँजा र तीन वटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

विन्दवासिनी गाउँपालिका–४ मधवलमा शुक्रबार राति इटियाहीबाट मधवलतर्फ जाँदै गरेका व्यक्तिहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रोकेर जाँच गर्न खोजेको थियो । त्यसक्रममा उनीहरू तीन वटा मोटरसाइकल र तीन वटा झोला झाडीमा फालेर भागेका थिए ।

प्रहरीले भाग्दै गरेका व्यक्तिमध्ये एक जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ । त्यसपछि झाडीमा फालिएका झोला खोजी गर्दा ३९ किलो २५० ग्राम गाँजा फेला परेको थियो । घटनास्थलबाट तीन वटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति, बरामद गाँजा र मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी मोहनराज निरौलाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *