वीरगन्ज :

नाम, थर र जन्मदर्ता विवरण एकपटकका लागि सच्याउन पाइने

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.2kViews
1595 Shares

काठमाडौं,१८ साउन । व्यक्तिगत विवरणमा त्रुटिका कारण झन्झट व्यहोर्दै आएका नागरिकका लागि सरकारले राहत हुने व्यवस्था गरेको छ। अब नागरिकले आफ्नो नाम, थर, उमेर वा जन्मदर्ता सम्बन्धी विवरणमा देखिएको गल्ती एकपटकका लागि सुधार गर्न पाउने भएका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ लाई संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो। यसअघि उक्त ऐनले २०७६ सालपछि जन्मिएका बालबालिकाको जन्मदर्ता एक वर्षभित्र सच्याउन सकिने व्यवस्था मात्र गरेको थियो।

यसका कारण थुप्रै नागरिक, विशेषगरी कागजात नबनाइएका बालबालिकाका अभिभावकहरू समस्यामा परिरहेका थिए। यही समस्यालाई सम्बोधन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको पहल अघि बढाएको थियो।

संशोधित प्रावधानअनुसार, अब कुनै पनि व्यक्तिले आफ्नो व्यक्तिगत विवरण (नाम, थर, उमेर वा अन्य तथ्यांक) मा त्रुटि भएको खण्डमा स्थानीय पञ्जीकरण कार्यालयमा एकपटक तोकिएको ढाँचामा निवेदन दिएर सच्याउन सक्नेछ।

अब गृह मन्त्रालयले सो प्रक्रिया कार्यान्वयन गर्न नियमावली तयार गर्नेछ, त्यसपछि नागरिकहरूले स्थानीय तहमा निवेदन दिन पाउनेछन्।

यो निर्णयले कागजी प्रक्रिया मिलाउन हैरान भएका हजारौं नागरिकलाई ठूलो सहजता दिलाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *