वीरगन्ज :

मकवानपुरमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

श्रेणी : अपराध

4 days
Pradeep Sah
2.2kViews
1707 Shares

हेटौंडा,०७ साउन । मकवानपुर प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलवस्तु बागगंगा–६ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ–१ बस्दै आएका १९ वर्षीय विकाश राज पाण्डे र २२ वर्षीय कविन चन्दन छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा चेकजाँचका क्रममा बा ८८ प १९८१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा पाण्डे र चन्दनको साथबाट १ ग्राम ७१० मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चालू आर्थिक वर्षको सुरु भएको ६ दिनमा मात्रै मकवानपुर प्रहरीले १० ग्राम खैरो हेरोइनसहित १५ जनालाई पक्राउ गरिसकेको छ, जसमा ३ जना महिला पनि छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *