वीरगन्ज :

पर्सामा सर्पको टोकाइबाट ७ वर्षीया बालिकाको मृत्यु

श्रेणी : मधेस

1 year
Pradeep Sah
1.7kViews
1237 Shares

बीरगन्ज,१४ वैशाख । पर्साको पकहामैनपुर गाउँपालिकामा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ।

गाउँपालिकाको वडा नम्बर २ का रमेश दासकी ७ वर्षीया छोरी रोशनी दासको हिजो मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

प्रहरीका अनुसार रोशनी बाख्रा चराउन सुर्याहाँस्थित कट्टिमठ अगाडिको पोखरी छेउमा गएकी थिइन्। त्यही क्रममा उनलाई सर्पले टोकेको थियो।

गम्भीर अवस्थामा रहेकी रोशनीलाई उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि उनको ज्यान जोगाउन सकिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *