वीरगन्ज :

बाराको सिमराबाट ९ जना जुवाडे नगदसहित पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
3.0kViews
1693 Shares

बीरगन्ज,०४ साउन । बाराको सिमराबाट ९ जना जुवाडेलाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।

शनिबार जीतपुरसिमरा उपमहानगरपालिका–२, जानकीटोलस्थित केशव सुनुवारको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ससुसन खाती, बलराम विश्वकर्मा, सुमन कुमार भट्टराई, अभय कुमार श्रीवास्तव, घरधनी केशव सुनुवार, थहल बहादुर विश्वकर्मा, शिवजी प्रसाद साह, बलराम क्षेत्री र राजकुमार भट्टराई रहेका छन्।

प्रहरी निरीक्षक सुभाष साहको नेतृत्वमा गएको टोलीले घरको तेस्रो तलाबाट तास खेलिरहेको अवस्थामा उनीहरूलाई १ लाख ५४ हजार ६८० रुपैयाँ नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *