वीरगन्ज :

मधेश प्रदेशका दुई विधेयक प्रमाणीकरण

श्रेणी : अर्थ

1 year
Pradeep Sah
2.2kViews
1301 Shares

जनकपुर,३२ असार । मधेश प्रदेश सरकारले तयार पारेका दुई विधेयक प्रमाणीकरण भएका छन्।

मंगलबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनसम्बन्धी विधेयक र आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चित कोषबाट रकम विनियोजन र खर्चसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार यी दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको छ।

यससँगै यी विधेयक कार्यान्वयनमा जाने बाटो खुलेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *