वीरगन्ज :

करेन्ट लाग्दा १४ वर्षीय बालकको मृत्यु

श्रेणी : मधेस

11 months
Pradeep Sah
1.7kViews
1006 Shares

रौतहट, ३१ असार । रौतहटको मौलापुरमा करेन्ट लागेर १४ वर्षीय एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मौलापुर नगरपालिका–८ सोनरनियाका सुधन राउत कुर्मीका छोरा नरेन्द्र पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

मंगलबार आफ्नै खेतमा पानी तान्नका लागि विद्युतीय मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका पटेलको मौलापुरस्थित शान्ति पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *