वीरगन्ज :

बिमलेन्द्र निधिमाथि रघुवीर महासेठका दर्जन बढी आरोप

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.8kViews
1526 Shares

जनकपुर,२२ असार । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन्। आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए।

जनकपुरधामको रिङ रोड निर्माणदेखि डम्पिङ साइट निर्माण जस्ता दर्जनौं बढी विकास निर्माणका कार्यहरु नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ।राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पत्नी जुली महतोले अवरोध गरेको भन्दै शनिबार ९हिजो० नेता निधिले जनकपुरधाममा पत्रकारसम्मेलन मार्फत जानकारी दिएका थिए।

सो कुराको नेता महासेठले खण्डन गरेका छन्। उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जतिसक्दो निर्माण कार्य अगाडि बढाउन छलफल समेत गरेको जानकारी दिए। राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पार्टीको कुनै पनि आपत्ति नरहेको महासेठले बताए।

नेता निधिले आफ्नो व्यक्तिगत स्वार्थका लागि विभिन्न विकास निर्माणका कार्यहरुमा पटकपटक अपरोध सृजना गर्दै आएको एमाले नेता महासेठले आरोप लगाए।

धनुषाको प्रहरी प्रशासनले पनि राम्ररी काम नगर्ने गरेको आरोप लगाएका छन्। पदीय दायित्वलाई विर्सेर एक पक्षीय रुपमा मात्र काम गरिरहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *