वीरगन्ज :

नारायणी अस्पतालका चिकित्सकहरू कमिसनको चलखेलमा: उपचार नपाएर बिरामीको मृत्यु

श्रेणी : अपराध

13 hours
Pradeep Sah
2.9kViews
1817 Shares

वीरगंज, १६ असार — पर्साको नारायणी अस्पतालमा रातिको समयमा ड्युटीमा खटिने चिकित्सक तथा कर्मचारीहरूले गम्भीर लापरवाही गर्ने गरेका छन् भन्ने तथ्य सार्वजनिक भएको छ। बिरामीको उपचार गर्नुको सट्टा, उनीहरूलाई कमिसनको लोभमा निजी अस्पतालहरूमा रेफर गर्ने गरिएको पाइएको छ।

असार १४ गते राति नारायणी अस्पतालको आकस्मिक कक्षमा आएका तीन जना बिरामीलाई ड्युटीमा रहेका चिकित्सकले उपचार सम्भव हुँदाहुँदै पनि अन्य निजी अस्पतालमा रेफर गरेका थिए। तीमध्ये एक बिरामीको मृत्यु भएको छ।

बिना कारण रेफर, मृत्युसम्म पुर्‍याउने लापरवाही
शनिबार राति ड्युटीमा रहेका एक चिकित्सकले ती तीनै जनालाई वीरगंजकै लिंक रोडस्थित भवानी अस्पतालमा जान सल्लाह दिएका थिए। उपचार योग्य अवस्थामा आएका बिरामीहरूलाई “यहाँ सम्भव छैन” भन्दै निजी अस्पताल पठाइएको पाइएको छ।

त्यसमध्ये पर्साको पोखरिया नगरपालिका–१, बनकटवा निवासी गोपी बैठा, जो नितनपुरस्थित बजरंगबली आयल इन्डस्ट्रीज (आटा उद्योग) मा कार्यरत थिए, उनीमाथि उद्योगकै मजदुर र ठेकेदारले कुटपिट गरेका थिए। गम्भीर घाइते अवस्थाका बैठालाई नारायणी अस्पताल ल्याइए पनि, बिना उपचार राति करिब १० देखि ११ बजेको बीचमा भवानी अस्पताल रेफर गरिएको थियो। भवानीमा १२:४० बजे राति उपचारको क्रममा उनको मृत्यु भएको थियो।

रजिस्टरमा नामसमेत नलेखिएको, प्रमाण नष्ट गर्ने प्रयास
मृतक बैठाका परिवारले भनेका छन्, “यदि समयमै उपचार भएको भए उनको ज्यान बच्थ्यो।” अस्पताल स्रोतका अनुसार, नारायणी अस्पतालमा न त ठीकसँग भर्ना प्रक्रिया पुर्‍याइयो, न त औपचारिक रजिस्टरमा नाम लेखियो। त्यसै रात रौतहटको देवाही गोनाहीका १ जना र पर्सा ठोरीका १ जना बिरामीलाई समेत भवानी अस्पतालमा रेफर गरिएको खुलेको छ। स्रोतका अनुसार, एक बिरामी केस रेफर गरेबापत चिकित्सकहरूले १० हजारदेखि २० हजार रुपैयाँसम्मको कमिसन लिने गरेका छन्। यो कार्यमा वीरगंजका केही एम्बुलेन्स चालकहरू समेत संलग्न रहेको आरोप छ।

त्यो रात आकस्मिक कक्षमा डा. दीपक चौरसिया ड्युटीमा रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ। डा. चाैरिसयाले नारायणीमा उपचार सम्भव नभएपिछ मात्र रेफर गरिएकाे बताए । उनले बिरामीकाे अवस्था एकदम दैनिय रहेकाे बताउँदै तत्कालै आइसियुमा राख्ने अवस्था रहेकाे र नारायणी अस्पतालमा आइसियुमा वेड नरहेकाे कारण मात्र अन्य हस्पिटलमा रेफर गर्नु परेकाे बताए । शुरूमा एनएमसीमा पिन फाेन गरेकाे तथा अन्य अस्पतालमा समेत फाेन गरेकाे बताउँदै उनले भवानीमा आइसियु वेड खाली पाएपछि मात्र त्यहाँ रेफर गरेकाे बताए ।

बिरामीकै घर परिवारकाे व्यक्तिहरूकै राय सल्लाहमा अयत्र रेफर गरिएकाे डा. चाैरसियाले बताए । नारायणी अस्पतालका एचओडी कृष्ण साहका अनुसार, आईसीयू बेड खाली नभएकाले बैठालाई रेफर गरिएको हो। तर, चिकित्सक वा कर्मचारीको लापरवाही भेटिए कानुनी कारबाही गरिने उनले दाबी गरे।

यसैबीच, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नारायणी अस्पतालको छिटै अनुगमन गर्ने र दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

कुटपिट तथा हत्या अभियोगमा पक्राउ
मृतक गोपी बैठामाथि उद्योगमै कुटपिट भएको थियो। भारतीय नागरिक तेजपाल राठौरलाई पर्सा प्रहरीले पक्राउ गरिसकेको छ भने उद्योगका ठेकेदार चन्दन राठौर फरार रहेको जनाइएको छ। बैठा अचेत अवस्थामा उद्योग छेउको नालामा फेला परेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *