वीरगन्ज :

देशभर बकर इद पर्व उत्साहपूर्वक मनाइँदै, ‘कुर्बानी’को धर्मिक र सामाजिक महत्व उच्च

श्रेणी : धर्म संस्कृति

4 weeks
Pradeep Sah
2.4kViews
1479 Shares

बीरगन्ज,२४ जेठ । नेपाली मुसलमान समुदायले आज बकर इद, अर्थात् इदुल अजहा, धार्मिक श्रद्धा र उत्साहका साथ देशभर मनाइरहेका छन्। रमजान महिनाको ७०औँ दिनमा मनाइने यस पर्वलाई ‘कुर्बानीको पर्व’ पनि भनिन्छ, जुन इस्लाम धर्मको दोस्रो सबैभन्दा ठूलो चाड हो।

आज बिहानै देशभरका मस्जिद र इदगाहहरूमा मुस्लिम समुदायको उल्लेखनीय सहभागिता देखिएको छ। राजधानीको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत प्रमुख धार्मिकस्थलमा श्रद्धालुहरूले सामूहिक नमाज अदा गर्दै इदको शुभकामना आदान–प्रदान गरेका छन्।

बकर इदको जड इस्लाम धर्मका पवित्र व्यक्तित्व इब्राहिम (अलैहिस्सलाम) को बलिदानमा निहित छ। धार्मिक विश्वास अनुसार, इब्राहिमले अल्लाहको आदेश पालना गर्दै आफ्ना प्रिय पुत्र इस्माईललाई कुर्बानी दिन तयार भएका थिए। तर, अल्लाहले उनको समर्पण देखेर इस्माईलको सट्टामा एक स्वर्गीय जनावर पठाइदिएका थिए। यही गहिरो धार्मिक घटनालाई सम्झँदै आज पनि विश्वभरका मुसलमानहरू ‘कुर्बानी’ दिने परम्परा निर्वाह गर्दै आएका छन्।

बकर इदसँगै मक्का-मदिनामा हज यात्रा गर्ने परम्परालाई पवित्र मानिन्छ। नेपाल सरकारअन्तर्गतको हज समितिबाट नेपालका मुसलमान तीर्थयात्रीहरू हजमा सहभागी हुने गर्छन्। तीर्थ यात्रा गर्न नसक्नेहरूले भने आफ्नो घर वा मस्जिद नजिकै कुर्बानी गरेर पर्व मनाउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *