वीरगन्ज :

मधेश प्रदेश सांसद सिंहका स्वकीय सचिव भ्रष्टाचार आरोपमा पक्राउ

श्रेणी : अपराध

7 months
Pradeep Sah
3.0kViews
1828 Shares

जनकपुर,१३ जेठ । मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पक्राउ गरेको छ।

अख्तियारका अनुसार विभिन्न उपभोक्ता समिति गठन गरेको देखाएर समितिहरूको खातामा जम्मा भएको रकम सचिव कायस्थमार्फत सांसद सिंहले आफ्नो तथा आफ्नी श्रीमतीको खातामा स्थानान्तरण गराएका थिए।

सार्वजनिक रकमलाई निजी प्रयोजनमा प्रयोग गरी दुरुपयोग गरिएको ठहर गर्दै आयोगले जनकपुर उपमहानगरपालिका–९, सरस्वती टोलका ६५ वर्षीय कायस्थलाई आज दिउँसो जनकपुरबाट पक्राउ गरेको हो।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, स्वकीय सचिवको खातामा समेत रकम जम्मा गरिएको पुष्टि भएको छ। साथै, प्रदेशसभा सदस्य सिंहले प्रयोग गर्दै आएको केही विद्युतीय उपकरण पनि आयोगले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *