वीरगन्ज :

अजय प्रसाद श्रीवास्तवले पाए बहुदरमाई नगरपालिकाको प्रशासनिक जिम्मेवारी

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.9kViews
1213 Shares

बीरगन्ज,०२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा प्रशासनिक सञ्चालनलाई थप प्रभावकारी बनाउन अजय प्रसाद श्रीवास्तवलाई जिम्मेवारी दिएको छ।

मन्त्रालयबाट जारी पत्र अनुसार, स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ५७(७) बमोजिम प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेकाले वैकल्पिक रूपमा श्रीवास्तवलाई खटाइएको हो। उनी नेपाल स्वास्थ्य सेवा अन्तर्गत हेल्थ इन्स्पेक्सन समूहका अधिकृत तहका कर्मचारी हुन्।

श्रीवास्तवलाई नगरपालिकाको आर्थिक तथा प्रशासनिक कामकाज सम्हाल्ने जिम्मा दिइएको छ। यो व्यवस्थाबाट स्थानीय सरकारको सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ। नगरवासीहरूले नयाँ प्रशासनिक नेतृत्वले स्थानीय समस्याहरू समाधान गर्न तत्पर भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय स्रोतहरूका अनुसार, लामो समयदेखि देखिएको प्रशासनिक कमजोरी अब सुधारिनेछ र नगरपालिकाको कामकाज थप प्रभावकारी रूपमा अघि बढ्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *