वीरगन्ज :

बीरगन्जमा १५ ग्राम हेरोइनसहित युवक पक्राउ

श्रेणी : अपराध

4 months
Pradeep Sah
2.2kViews
1613 Shares

बीरगन्ज,०२ जेठ । पर्सा प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई १५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ। बीरगन्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा लागुऔषध किनबेच भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार एक युवकलाई शंका लागेपछि जाँच गर्दा उनको सर्टको दाहिने खल्टीबाट प्लास्टिकमा प्याक गरिएको तीन वटा पुडियामा खैरो हेरोइन जस्तो देखिने १५ ग्राम लागुऔषध फेला परेको हो।

पक्राउ परेका व्यक्ति बीरगन्ज महानगरपालिका–१६, ईनर्वा निवासी २२ वर्षीय मुस्तुफा अन्सारी हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *