वीरगन्ज :

बीरगन्जबाट लागू औषधसहित एकजना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.2kViews
1713 Shares

बीरगन्ज,२६ वैशाख । प्रहरीको सवारी चेकजाँचका क्रममा भारी मात्रामा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको मौलापुर–९ का ३२ वर्षीय सुनिल सिंह पटेल रहेका छन्।

प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा–१५ स्थित रातोमाटे चेकपोइन्टमा सवारी जाँच गर्ने क्रममा काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५०२२ नम्बरको यात्रुवाहक इभी गाडीबाट लागू औषध बरामद भएको हो।

प्रहरीका अनुसार, गाडीको छतमा राखिएको रातो रंगको सुटकेस र झोलामा लुकाइ ल्याइएको अवस्थामा नाइट्राभेट ३,४४० ट्याब्लेट, ट्रामाडोल २,९५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डायजेपाम ३८७ एम्पुल फेला परेका छन्।

हाल पक्राउ परेका पटेलमाथि लागू औषध सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *