वीरगन्ज :

पर्सामा लागुऔषधविरुद्ध सचेतनामूलक तथा परीक्षण कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.9kViews
1520 Shares

बीरगन्ज,२४ वैशाख । लागुऔषधको प्रयोग र दुरुपयोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यले पर्साको बीरगन्ज महानगरपालिका–१ स्थित पण्डित रामविनी आधारभूत विद्यालयमा सचेतनामूलक तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा छपकैया र नेपाल रेडक्रस सोसाइटी छपकैया उपशाखाको संयुक्त आयोजनामा उक्त कार्यक्रम ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत सम्पन्न गरिएको हो।

कार्यक्रममा कक्षा ७ र ८ मा अध्ययनरत ७५ जना विद्यार्थीको सक्रिय सहभागिता रह्यो। उनीहरूलाई लागुऔषधको प्रयोगका असर, दुष्परिणाम र रोकथामका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाई प्रमुख अतिथिको रूपमा सहभागी थिए। अन्य विशिष्ट अतिथिमा जवाहरलाल कलवार, विजय कुमार, प्रधानाध्यापक कुरेश राउत, शिक्षक रामनारायण प्रसाद, प्रेम कुमार साह, केदार तिमलसेना र सोलाजीम मिया रहेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले लागुऔषधसम्बन्धी प्रश्नहरू उठाई जिज्ञासा मेट्ने मौका पाए भने सुरक्षा निकाय र शिक्षकहरूबाट सघन र सकारात्मक उत्तर प्राप्त गरेका थिए। प्रमुख अतिथि चौलागाईले केही विद्यार्थीलाई परीक्षणसमेत गराइएको जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *