
जनकपुर,०९ जेठ । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शुक्रबार उनलाई एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
अख्तियारका अनुसार यादवलाई औडी सडक क्षेत्रबाट ७२ हजार रुपैयाँ नगद घुससहित नियन्त्रणमा लिइएको हो। उनीसँग थप रकमसमेत रहेको आशंका गरिएको आयोगले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।


प्रतिक्रिया