वीरगन्ज :

सर्लाहीमा घरेलु विवादले लियो ज्यान, आरोपी घटनास्थलबाटै पक्राउ

श्रेणी : अपराध

5 months
Pradeep Sah
2.7kViews
1474 Shares

जनकपुर,१६ वैशाख । सर्लाही जिल्लामा घरेलु विवादले एक महिलाको ज्यान गएको छ। बिष्णु गाउँपालिका–३ निवासी ३६ वर्षीय गजेन्द्रा हजारीले आफ्नी श्रीमती ३३ वर्षीया हेमु देवीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार बिहान जेठाजु र श्रीमतीबीच सामान्य भनाभन चर्किँदा गजेन्द्रा हजारीले फरसी प्रहार गरेका थिए। टाउको, मुख र गलामा गम्भीर चोट लागेपछि हेमु देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी चौकी मधुवनगढीबाट खटिएको टोलीले गजेन्द्रा हजारीलाई घटनास्थलबाटै पक्राउ गरेको छ। पक्राउका क्रममा घटनामा प्रयोग गरिएको धारिलो हतियार पनि बरामद गरिएको प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिएका छन्।

हाल जिल्ला अदालत सर्लाहीबाट तीन दिनको म्याद थप गरी आरोपीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *