वीरगन्ज :

बारामा साथीबाट मानसिक तनाव सहन नसकी युवकले गरे आत्महत्या

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.8kViews
1962 Shares

बीरगन्ज,०८ वैशाख । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४, बघवनका २२ वर्षीय नितेश कुमार महत्तोले मानसिक तनावका कारण आत्महत्या गरेका छन्। आफ्नै घरमा पासो लगाई उनले जीवन अन्त्य गरेको बारा प्रहरीले जनाएको छ।

नितेश बघवनका श्याम प्रसाद महत्तोका छोरा हुन्। प्रारम्भिक अनुसन्धान अनुसार उनी कलेजका साथीहरूबाट निरन्तर मानसिक यातना भोगिरहेका थिए। यही तनाव सहन नसकी उनले यस्तो कदम चालेको प्रहरीको भनाइ छ।

उनको शव हाल प्रादेशिक अस्पताल, कलैयामा पोस्टमार्टमका लागि राखिएको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाको कारणबारे थप जानकारी आउने प्रहरीले जनाएको छ।

बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मानसिक स्वास्थ्यसम्बन्धी चेतना र सहानुभूतिको खाँचो यस घटनाले पुनः उजागर गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *