
श्रेणी : अपराध
काठमाडौं, ७ वैशाख । देशका विभिन्न जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन्। मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत र संखुवासभाबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा मकवानपुर: हेटौँडा-१५ पिपलबोटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित १९ वर्षीय विशाल सार्की,मोरङ: विराटनगर-१५ बैंक रोडबाट ३१ वर्षीय सरन डाँगी,चितवन: भरतपुर-२६ सिसुवारबाट ट्रामाडोल र गाँजासहित ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार,कैलाली: कैलारी-१ बाट २५ वर्षीय सञ्जुकुमार चौधरी,कञ्चनपुर: बेलौरी-१ र गड्डाचौकीबाट तीनजना — ३९ वर्षीय करनबहादुर देउवा, ३५ वर्षीय रोहित शाही र २५ वर्षीय रामबहादुर विष्ट,सुर्खेत: वीरेन्द्रनगर-१४ कटुकाबाट ब्राउनसुगरसहित २१ वर्षीय अनिश नेपाली,संखुवासभा: धर्मदेवी नगरपालिका र मादी नगरपालिकाबाट २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र ३८ वर्षीय देवेन्द्र थापा रहेका छन् ।
प्रहरीका अनुसार सबैलाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी कानुनी अनुसन्धान अगाडि बढाइएको छ।


प्रतिक्रिया